प्रतिनिधिसभा पुनर्स्थापना भए प्रतिगमन सच्चिन्छ : उपाध्यक्ष गुरुङ

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले निर्वाचित सरकार हटाएर चुनावको नाटक मञ्चन भइरहेको टिप्पणी गरेका छन्। विदेशी शक्तिलाई कम्फर्टेबल हुने सरकार बनाउने खेलअन्तर्गत ‘नाटक मञ्चन’ भइरहेको गुरुङको दाबी छ।

‘त्यो नाटकबाट धोकाधडी, जालझेल, तिकडम, भयपूर्ण वातावरण सिर्जना गरेर बलजफ्ती चुनावमा भाग लिन सबैलाई बाध्य पारेर आफ्नो पक्ष नभए प्रतिनिधिसभा पुनर्स्थापना गर्ने डिजाइनकै कुरा हो नि,’ प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले भने।

संविधानविरुद्धको प्रतिगमन सच्याउन प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने गुरुङको भनाइ छ। उनले भने, ‘त्यसकारण विघटित प्रतिनिधिसभालाई पुनर्स्थापना गरियो भने हाम्रो संविधानमाथि भएको आक्रमण र प्रतिगमन सच्चिने क्रम सुरु हुन्छ।’
 

सुझावित समाचार