राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापा पुगेका छन्। आसन्न निर्वाचनमा झापा ५ बाट उम्मेदवार रहेका उनी चुनावी भेटघाट र छलफलका लागि निर्वाचन क्षेत्र पुगेका हुन्। केही दिन उनी झापामै रहने उनको सचिवालयले जनाएको छ।
यसअघि माघको दोस्रो साता उनले झापा र पूर्वी पहाडका जिल्लाको भ्रमण गरेका थिए। त्यसपछि सुदूरपश्चिमका सबै जिल्ला घुमेर रास्वपाका उम्मेदवारहरू भेटे । बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा राजनीतिमा सक्रियता बढाएका हुन्।