‘आँसु’ लिएर आए निर्मल दाहाल

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

गायक निर्मल दाहालको नयाँ  गीत ‘आँसु’ सार्वजनिक भएको छ। निर्मलकै शब्द र स्वर रहेको वियोगान्त शैलीको गीतमा संगीत पनि निर्मलले नै भरेका छन्।

गीतको संगीत संयोजन अभिषेक कार्कीले गरेका हुन्। गीत युटुब, फेसबुक, टिकटक, स्पोर्टिफाई, आइट्युन्स, अमेजन म्युजिकलगायत सम्पूर्ण डिजिटल माध्यमबाट सुन्न सकिने निर्मलले बताए।

निर्मलले यसअघि ‘जब घाम ढल्छ’, ‘पागल’, ‘हारजित’लगायतका गीतहरू बजारमा ल्याइसकेका छन्।

सुझावित समाचार