कीर्तिमान बनाउँदै अल्कारजले जिते अस्ट्रेलियन ओपनको उपाधि

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

विश्व नम्बर १ टेनिस खेलाडी कार्लाेस अल्कारजले अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्। सर्बियाका नोभाक जोकोभिकलाई हराउँदै उनले उपाधि जितेका हुन्।

मेलबर्नमा भएको खेलमा पहिलो सेटमा पराजित भएका अल्कारजले त्यसपछि लगातार तीन सेट जित्दै उपाधि हात पारेका हुन्। फाइनलमा २–६, ६–२, ६–३, ७–५ को सेटमा २४औँपटक ग्रान्ड स्लाम जितेका जोकोभिकलाई उनले स्तब्ध बनाएका हुन्। 

यो उनको पहिलो अस्ट्रेलियन ओपनको उपाधि हो। २२ वर्षकै उमेरमा चारैवटा ग्रान्ड स्लाम उपाधि हात पार्ने रेकर्ड पनि उनले बनाएका छन्।

हालसम्म उनले सातवटा ग्रान्ड स्लाम उपाधि जितिसकेका छन्। 

सुझावित समाचार