ललितपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। गोदावरी नगरपालिका– ७, देउरालीडाँडा बस्ने ३० वर्षीय विनोद तामाङले बिहीबार राति २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेका हुन्।
मादक पदार्थ सेवन गरी विवाद हुँदा चिर्पटले हानेर उनले श्रीमतीको हत्या गरेका हुन्। हत्यापछि शुक्रबार बिहान उनी आफैँ प्रहरी चौकी टीकाभैरव पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी वृत्त चापागाउँकी डिएसपी शिला थापासहितको टोली घटनास्थलमा खटिएर शवको मुचुल्का गरी पाटन अस्पताल पठाएको छ।