रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लु लाइट’को नयाँ गीत सार्वजनिक

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण

चलचित्र ‘द ब्लु लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेको छ। ‘दुई अक्षरको माया’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो।

गीतमा प्रवेश राईको स्वर, डिपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ। गीतको भिडियोमा चलचित्रका दुई मुख्य कलाकार अर्पण थापा र बेनिशा हमालको अभिनय छ।

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रि–बुकिङ खुला भएको छ। देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स बुकिङ खुला गरिएको चलचित्रले सन्तोषजनक साे पाएको निर्माण पक्षले जनाएको छ।

सुझावित समाचार