सन् १९७९ : चिनियाँ नेता देङ सियाओपिङ अमेरिकाको आठदिने भ्रमणका लागि वासिंटन डिसी पुगे । उनी चीनमा कम्युनिस्ट शासन स्थापना भएपछि अमेरिका भ्रमणमा जाने चिनियाँ नेता थिए ।
सन् ६६१ : त्यसवेलाको विश्वको सबैभन्दा ठुलो साम्राज्य ‘रसिदुन क्यालिफेट (खलिफात)’ शासक (खलिफा) अली इब्न अबी तालिबको हत्यासँगै अन्त्य भयो । त्यसको स्थान नयाँ साम्राज्य ‘उमयद खलिफात’को उदय भयो ।
सन् १८३४ : अमेरिकी राष्ट्रपति एन्ड्रयु ज्याकसनले म्यारिल्यान्डमा उठेको श्रमिक आन्दोलन दबाउन अमेरिकी इतिहासमा पहिलोपटक संघीय सेना परिचालन गर्ने निर्देशन दिए ।
सन् १८५६ : क्रिमिया युद्ध (१८५४–५६)का क्रममा ब्रिटिस सैनिक तथा नाबिकहरूले देखाएको बाहदुरीका लागि सम्मान देखाउन बेलायतले ‘भिक्टोरिया क्रस’ स्थापना गर्यो ।
सन् १८८६ : जर्मन आविष्कार कार्ल बेन्जले हाल विश्वका अधिकांश डिजेल पेट्रोलले चल्ने गाडीमा हुने ‘इन्टर्नल कम्बसन इन्जिन’ आविष्कार गरे ।
सन् १८९२ : चर्चित पेयपदार्थ उत्पादक कोकाकोला कम्पनी अमेरिकाको जर्जिया राज्यको एट्लान्टा सहरमा स्थापना भयो ।
सन् १९२२ : एक वर्षअघि जुन महिनामा बनेको अल–सल्भाडोर, ग्वाटेमाला, होन्डुरस र कोस्टारिका सम्मिलित दोस्रो मध्य–अमेरिकी संघ विघटन भयो ।
सन् १९७३ : इन्डोनेसियामा अवस्थित नवौँ शताब्दीमा बनेको विश्वको सबैभन्दा ठुलो बौद्ध मन्दिर बोरोबुदुर पुनर्निर्माण तथा संरक्षणका लागि विश्व सम्पदा सम्मेलन सुरु भयो ।
सन् १९९१ : इराकी सेनाले साउदी अरबको सहर खफ्जीमाथि आक्रमण गरेपछि पहिलो खाडी युद्धको सबैभन्दा निर्णायकमध्ये एक संघर्ष सुरु भयो ।
सन् २००२ : अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले संसद्को वार्षिक सम्बोधनका क्रममा इराक, इरान र उत्तर कोरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राज्य’ ‘एक्सस अफ इभिल’को संज्ञा दिए ।