सूर्यज्योतिका ५५ जना एमडिआरटी छनोट

मंगलबार, १३ माघ, २०८२
डिजिटल संस्करण

तोकिएको वार्षिक लक्ष्य पूरा गर्ने सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना उत्कृष्ट अभिकर्ता एमडिआरटी २०२६ को सदस्य बनेका छन् । अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडिआरटी)ले नेपालका लागि सन् २०२५ मा गरेको व्यवसायका आधारमा उनीहरू छनोट भएका हुन् ।

५५ जनामध्ये गौरवकुमार शाही र दीपक सापकोटा कोर्ट अफ द टेबल (सिओटी)का लागि योग्य भएका कम्पनीले जनाएको छ । गौरवकुमार शाही सिओटीमा तेस्रोपटक र दीपक सापकोटा दोस्रोपटक छनोट भएका हुन् । त्यसैगरी, कोशीबाट दुई, बागमतीबाट २९, गण्डकीबाट पाँच, लुम्बिनीबाट १३, कर्णालीबाट तीन र सुदूरपश्चिम प्रदेशबाट तीनजना गरी जम्मा ५५ जना छनोट भएका हुन् । साथै, तीन वा सोभन्दा बढी पटक एमडिआरटी हासिल गर्ने ६ जना र पाँच वा सोभन्दा बढी पटक एमडिआरटी हासिल गर्ने दुईजना गरी आठजना दीर्घसेवा पदकबाट सम्मानित भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सन् २०२६ का लागि एमडिआरटीका लागि छनोट हुन सफल सबैलाई अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताको भेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झन्डा फहराउन अवसर प्राप्त गरेकामा बधाई दिए ।

सुझावित समाचार