आज पश्चिम र भोलि देशभर वर्षासँगै हिमपातको सम्भावना

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

हिउँदका दुई महिना घर्किएपछि सक्रिय बन्न थाल्यो वर्षा प्रणाली

हिउँदका दुई महिना घर्किएपछि बल्ल वर्षा र हिमपात गराउने प्रणाली सक्रिय बन्न थालेको छ । हिउँदका झन्डै दुई महिना सुक्खा रहेकामा गत शुक्रबार र शनिबार पश्चिम नेपालमा वर्षासँगै मध्यम हिमपात भएको थियो । मंगलबार पश्चिम र बुधबार देशभर वर्षासँगै हिमपात हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली फेरि सक्रिय बन्ने भएपछि दुई दिन वर्षासँगै हिमपात हुने देखिन्छ । गत शुक्रबार र शनिबार पश्चिम नेपालकेन्द्रित वर्षा, हिमपात भएकामा यसपटक भने देशभर नै वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने आकलन गरिएको छ ।

१६ मंसिरदेखि १२ माघसम्म औसत ५.८ प्रतिशत अर्थात् ३.५ मिलिमिटर मात्र वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ । देशभरका २० मुख्य वर्षा मापन केन्द्रको आँकडाअनुसार हिउँदमा औसत ६०.१ मिलिमिटर (वार्षिक वर्षाको तीन प्रतिशत) पानी पर्नुपर्ने हो । यद्यपि, १६ फागुनसम्म हिउँद अवधि रहने र अहिले न्यूनचापीय प्रणाली सक्रिय हुन थालेकाले वर्षाको मात्रा थपिन सक्ने आकलन गरिएको छ । यसपटक हिमपात पनि माघमा आएर आएको हो । हिउँद लाग्नुअघि गत कात्तिकमा देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो । तर, हिउँदका झन्डै दुई महिना हिमपात हुन सकेन ।

मौसमविद् अधिकारीले यसपटक पनि हिउँदको हालसम्मको अवधिमा पानी कम परे पनि अझै एक महिना बाँकी रहेकाले थपिन सक्ने बताए । ‘पश्चिमी न्यूनचापीयसँगै अरब सागरबाट पनि सपोर्ट भइरहेको छ । यसबिचमा फेरि अर्काे प्रणाली आउन सक्छ, वर्षा हुन्छ होला,’ उनले भने ।

यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार दिउँसोदेखि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा तथा ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै ठाउँमा हिमपात हुने आकलन छ । मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको आकलन छ । कर्णाली र सुदूरपश्चिमसँगै गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा तराई भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । 

‘न्यूनचापीय प्रणाली मंगलबार रातिबाट पूर्वतिर सर्दै जानेछ,’ मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यसले मंगलबारभन्दा बुधबार धेरै ठाउँमा वर्षा र हिमपात हुनेछ । मधेश र कोशीमा भने हल्का वर्षा मात्र हुने देखिन्छ ।’

बुधबार देशभर नै बादल लाग्ने देखिएको छ भने सबै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसँगै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन छ । बिहीबारबाट भने मौसममा सुधार हुने विभागले जनाएको छ ।

यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार दिउँसोदेखि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा तथा ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै ठाउँमा हिमपात हुने आकलन छ ।

मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको आकलन छ ।

कर्णाली र सुदूरपश्चिमसँगै गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा तराई भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार देशभर नै बादल लाग्ने देखिएको छ भने सबै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसँगै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन छ । बिहीबारबाट भने मौसममा सुधार हुने विभागले जनाएको छ ।

See More On

सुझावित समाचार