पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्याग गर्ने सोचमा पुगेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत बजगाईंले केही निकृष्ट पात्रका कारण कांग्रेस छाड्नुपरेको उल्लेख गरेका छन् ।
‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरैपटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी गरिदिएँ, कैयौँको जीवन जोगाइदिएँ । एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नैपर्ने भयो,’ एक्समा उनले लेखेका छन्।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा बजगाईं गोरखा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए।