नेपाल एसबिआई बैंकद्वारा पशुपति वृद्धाश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रममा सहयोग सामग्री वितरण गरेको छ। माघ ११, ०८२ आइतबार आयोजित कार्यक्रममा बैंकले आश्रममा आश्रित ६४ जना वृद्धवृद्धालाई न्यानो कपडा, ब्ल्यांकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पललगायतका अत्यावश्यक सामग्री प्रदान गरेको हो।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिका प्रमुख शशि पौडेललाई सहयोग सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे। यस पहलले वृद्धाश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरूको तत्काल आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ।

सो अवसरमा पशुपति विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीणमुनि बज्राचार्य तथा बैंक र सम्बन्धित संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले समुदायस्तरमा यस्ता सामाजिक गतिविधिहरू समय–समयमा गर्दै आइरहेको छ। विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका हाल देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
 

सुझावित समाचार