यी हुन् पहिलोपटक चुनावी मैदानमा होमिएका कञ्चनपुरका उम्मेदवार

शनिबार, १० माघ, २०८२
डिजिटल संस्करण

आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा नयाँ उम्मेदवार पनि पहिलोपटक चुनावी मैदानमा होमिएका छन् । निर्वाचन क्षेत्र १ देखि ३ सम्म उम्मेदवार दिएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार पहिलोपटक उम्मेदवारी दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका हुन् । यसअघि संघीय निर्वाचनमा कहिल्यै चुनाव नलडेका उम्मेदवारदेखि वडा, पालिका, प्रदेशमा चुनाव लडे पनि नजितेका उम्मेदवार संघतर्फ पनि पहिलोपटक चुनावी मैदानमा होमिएका छन् । 

क्षेत्र १ मा नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं पूर्वविद्यार्थी नेतासमेत रहेका गोपीप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का जनकसिंह धामी, नेमकिपाका कटकबहादुर शाही, संयुक्त नागरिकका दानियल विक, प्रगतिशील लोकतान्त्रिक पार्टीका देपेन्द्रबहादुर शाही, उज्यालोका माइकल तामाङ, आम जनता पाटीका सीता विक, मितेरीका सियामरा राना, मंगोल नेसनल अर्गनाइजेसनका हुमबहादुर गुरुङ र स्वतन्त्रबाट मञ्जुदेवी सुनार, यादव सिंह, अनिल राना चुनावी मैदानमा होमिएका छन् । 

क्षेत्र २ मा नेपाली कम्युनिस्ट पाटी(नेकपा)का माधव पन्त, नेकपा एमालेका वचनबहादुर सिंह, रास्वपाका दीपकराज बोहरा, उज्यालोका योगेश साउद, जनमत पाटीका रामचन्द्र भट्ट, नेकपा(माओवादी)का लोकेन्द्र विक, नेककिपाका सीताराम राना, सयुक्त नागरिकका खडक ताम्राकार, आम जनता पार्टीका जग्गु चौधरी, मितेरीका तेज ब. बडवाल, प्रगतिशीलका धर्मानन्द जोशी, स्वतन्त्रका वीरेन्द्र राना, भानुभक्त बोहरा, सिद्धराज रेग्मी, हरीशबहादुर भट्ट चुनावी मैदानमा होमिएका छन्। 

क्षेत्र ३ मा पहिलोपटक मात्रै नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति हरिप्रसाद बोहरा, नेकपा माओवादीका विष्णुप्रकाश उपाध्याय, रास्वपाका ज्ञानेन्द्र महता पहिलोपटक चुनाव लड्न लागेका छन् भने, संघतर्फ नेकपाका मानबहादुर सुनार, नेकपा संयुक्तका कर्णबहादुर चन्द, मितेरीका किरण थापा, श्रम संस्कृतिका गंगादत्त जोशी, उज्यालोका भीम कुमाल, स्वतन्त्रका थानेश्वर लेखक, हर्कबहादुर ऐर, नेककिपाका मिनु गिरी चुनावी मैदानमा होमिएका छन् । तीन सिटका लागि ११ स्वतन्त्र र  १५ दलका ५५ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । 
 

सुझावित समाचार