बारा ४ बाट दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिए, प्रतिस्पर्धा सीमित हुँदै

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट मनाेनयन दर्ता गरेका कलामुदिन हवारी र युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका तर्फबाट मनाेनयन दर्ता गरेका नरबहादुर श्रेष्ठले तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएका हुन्।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम म्यादभित्र दुवै उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई औपचारिक प्रक्रिया पूरा गर्दै उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता भएसँगै अब बारा ४ को चुनावी प्रतिस्पर्धा सीमित उम्मेदवारबिच केन्द्रित हुने देखिएको छ।

उम्मेदवारी फिर्ता लिँदा दुवै उम्मेदवारले यसको स्पष्ट कारण भने सार्वजनिक गरेका छैनन्।

सुझावित समाचार