बर्दियाका ३९ निर्वाचनस्थल संवेदनशील, दुई निर्वाचनस्थल परिवर्तन

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तोकिएको बर्दियाका ३९ मतदानस्थल संवेदनशील रहेका छन्।

क्षेत्र नम्बर १ मा रहेका ७५ मध्ये २४ मतदानस्थल र क्षेत्र नम्बर २ मा रहेका ७९ मध्ये १५ मतदानस्थल संवेदनशील निर्वाचनस्थलको रूपमा रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए। उनले भने, ‘संवेदनशील निर्वाचनस्थलको शान्ति सुरक्षाका लागि त्यहीअनुरूप व्यवस्थापन गरिएको छ।’

बर्दियामा दुईवटा निर्वाचनस्थल परिवर्तनसमेत गरिएको छ। गुलरिया नगरपालिका– ६ को नगरपालिका कार्यालयभित्र रहेको निर्वाचनस्थल परिवर्तन गरेर बंगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालय कायम गरिएको छ। यसैगरी, बारबर्दिया नगरपालिका– ६ को सामुदायिक भवन धामपुरमा रहेको मतदानस्थल परिवर्तन गरेर सदाशिव बहुमुखी क्याम्पसमा राखिएको निर्वाचन कार्यालयका प्रमुख लालबहादुर मल्लले बताए।

सुझावित समाचार