नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी छ। विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चुनिएपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बसेको हो।
आजको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर प्रतिनिधिसभा निर्वाचन जाने निर्णय गर्ने बताइएको छ।