पहिलोपटक पार्टी कार्यालयमा सभापति थापा [तस्बिरहरू]

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

विशेष महाधिवेशनबाट सभापति चुनिएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पहिलोपटक पार्टी कार्यालय सानेपा पुगेका छन्। पार्टीको केन्द्रीय समिति बैठकका लागि काठमाडौंमा उपलब्ध नवनिर्वाचित केन्द्रीय सदस्यसहित सभापति थापा सानेपा गएका हुन्।

सभापति थापालाई उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूले स्वागत गरेका थिए। साे क्रममा कार्यकर्ताले थापाको पक्षमा नाराबाजी गरेका थिए।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार