चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका– ११, बेलभारकी ५५ वर्षीया छिद्नी थरुनीको चितुवाको आक्रमणबाट बुधबार मृत्यु भएको हो ।

खेतमा तोरी उखेल्न गएकी चौधरीलाई चितुवाले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी देवेन्द्र मल्लले बताए । महिलाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको छ ।

सुझावित समाचार