कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक निकै चित्ताकर्षक छ। ढुंगाले छाएका मौलिक घरहरू, आँगनमै ठोक्किन आइपुग्ने हिमाल र गुरुङ समुदायको आत्मीय सत्कारले यहाँको यात्रालाई अविष्मरणीय बनाउँछ।
पर्यटकीय राजधानी पोखराबाट केही घण्टाको छोटो यात्रापछि पुगिने यो गाउँ समुद्री सतहदेखि करिब १,९४० मिटरको उचाइमा अवस्थित छ। अन्नपूर्ण चक्रीय पदमार्गको अभिन्न अंग मानिने घान्द्रुक पदयात्रीहरूको ‘ट्रान्जिट प्वाइन्ट’ पनि हो।
मुख्य आकर्षणका रूपमा रहेको ‘होमस्टे’ र गुरुङ संस्कृतिका अलावा यहाँबाट देखिने विभिन्न हिमालका दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ।
हेर्नुस् तस्बिरहरू :
2026-01-21-03-14-25.jpeg)
2026-01-21-03-14-20.jpeg)
2026-01-21-03-14-38.jpeg)

2026-01-21-03-15-03.jpeg)
2026-01-21-03-14-52.jpeg)
2026-01-21-03-14-48.jpeg)
2026-01-21-03-14-43.jpeg)
2026-01-21-03-14-31.jpeg)
2026-01-21-03-14-10.jpeg)
2026-01-21-03-14-03.jpeg)