अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित ९ माघमा काठमाडौंमा ‘अस्ट्रेलियन एजुकेसन फेयर २०२६’ आयोजना हुने भएको छ । ग्लोबल एजुकेसन सर्भिसेजको आयोजनामा हुन लागेको यो शैक्षिक मेला काठमाडौंको लाजिम्पाटमा सञ्चालन हुनेछ । मेला बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म चल्ने आयोजकले जनाएको छ ।
ग्लोबल एजुकेसनले विद्यार्थी र अभिभावकलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया तथा छात्रवृत्तिबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यले यो मेला आयोजना गर्न लागेको हो ।
मेलामा अस्ट्रेलियाका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूका प्रतिनिधिको प्रत्यक्ष उपस्थिति रहनेछ । मेलामा सहभागी हुने विद्यार्थीले तीन हजारभन्दा बढी विभिन्न शैक्षिक कार्यक्रमसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।
साथै, विद्यार्थीले आफ्नो शैक्षिक योग्यता र क्षमताका आधारमा १० प्रतिशतदेखि १०० प्रतिशतसम्मका छात्रवृत्ति अवसरबारे पनि परामर्श लिन पाउने आयोजकले जनाएको छ ।