श्रीलंका ‘ए’सँग नेपाल पराजित

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

नेपाली पुरुष क्रिकेट टोलीले मंगलबार श्रीलंकाको ’ए’ टोलीसँग पहिलो अभ्यास टी–२० खेलमा ६ विकेटले पराजित भएको छ । श्रीलंकामा भएको पहिलो अभ्यास खेलमा ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाएर १८५ रन बनाएको थियो । प्रत्युत्तरमा श्रीलंका ‘ए’ले १८ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । 

अब पहिलो अभ्यास खेलमा श्रीलंकाका लागि लाहिरू उडाराले सर्वाधिक ७३ रन र नुवानिदु फर्नान्डोले ३८ रन जोडेका थिए । यसैगरी, सहान अराकिगेले अविजित ३३ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन तथा ललित राजवंशीले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ६१ रन बनाउन ४२ बल खेलेका थिए । आरिफ सेखले २७ बलमा ४२ रन बनाए । कप्तान रोहित पौडेलले ३१ रनको योगदान दिए । 

नेपालको श्रीलंकामै दुईवटा अभ्यास खेल खेल्नेछ । यसपछि नेपालले आइसिसी टी–२० विश्वकपको थप तयारी भारतमा गर्नेछ । नेपालले भारतमा एमसिए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास खेल खेल्नेछ । भारत र श्रीलंकाले संयुक्त रूपमा टी–२० विश्वकप ७ फेब्रुअरीदेखि आयोजना गर्नेछन् । नेपालले मुम्बईको वाँखडे रंगशालामा ८ फेब्रुअरीमा इंग्ल्यान्डसँग खेल्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’मा छ । नेपालको समूहमा पूर्वदुईपटकका विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र र इटाली छन् । नेपालका सबै खेल मुम्बईमा रहेको छ । 

See More On

सुझावित समाचार