प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा ४२ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर १ मा १८ जना र क्षेत्र नम्बर २ मा २४ जनाले उम्मेदवारी दिएका हुन्।
मंगलबार निर्वाचन कार्यालय पनौतीमा कांग्रेसबाट गुणराज मुक्तान, एमालेबाट अमी लामा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मधुकुमार चौलागाईं, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा र श्रम संस्कृति पार्टीबाट धीरज लामाले उम्मेदवारी दिएका छन्। यस्तै, नेकपा (एकीकृत समाजवादी लेलिनवादी) पार्टीको तर्फबाट कवि तामाङ, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट कमलबहादुर तामाङ, नेकपा (माओवादी) पार्टीको तर्फबाट कान्छा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, नेसनल रिपब्लिक पार्टीबाट भरत तामाङ, जनता समाजवादी पार्टीको तर्फबाट मानबहादुर तामाङ, संयुक्त नागरिक पार्टीबाट रत्न लामा, नेपाल मजदुर किसान पार्टीको तर्फबाट राजु तामाङ, स्वतन्त्र राजेशकुमार श्रेष्ठ, प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ र स्वतन्त्रबाट जीवन तामाङ, स्वतन्त्र युवराज चौलागाईं, राजेशकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर २ मा कांग्रेसबाट मधुप्रसाद आचार्य, एमालेबाट अशोक व्यञ्जु, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बदन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जीव श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट सुवर्णविक्रम थापा, नेकपा संयुक्तबाट राजन थापा, नेमकिपाबाट मुना थापा, मंगोल नेसनल अर्गनाइजेसनबाट उमेश थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, जसपा नेपालबाट रकम लामालगायत २४ जनाले उम्मेदवारी दिएका छन्।