गोरखा क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका नेता लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले पनि सोही क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि दुवैजनाले एक–अर्कालाई शुभकामना दिएका छन् ।