‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाइ बिक्री खुला

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाइ बिक्री आइतबारदेखि खुला भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो सामूहिक लगानी कोषले सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि इकाइ बिक्रीमा ल्याएको हो । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँबराबरको १६ करोड इकाइ निष्कासनमा आउनेछ । जसमध्ये बीज पुँजीबापत दुई करोड २४ लाख इकाइ कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई र १६ लाख इकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई सुरक्षित गरिनेछ । बाँकी रहेको १३ करोड ६० लाख इकाइ सर्वसाधारणका लागि निष्कासनमा आएको हो । 

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम एक करोड ६० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ । इकाइ निष्कासन बन्द छिटोमा ८ र ढिलोमा १८ गतेसम्म हुनेछ । 

सुझावित समाचार