प्रहरी प्रधान कार्यालयले ४८ जना एसपीको सरुवा गरेको छ। सरुवामा आठ जिल्लाका प्रमुख बदली भएका छन्। चुनावलाई लक्षित गरी एसपीको सरुवा भएको हो।
सरुवामा झापामा एसपी वसुन्धरा खड्कालाई पठाइएको छ। त्यहाँ राजन लिम्बू कार्यरत थिए। लिम्बू एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ हुन्। जसकारण उनले निर्वाचनमा निष्पक्ष भूमिका खेल्न नसक्ने विश्लेषणका आधारमा उनको सरुवा भएको स्रोत बताउँछ।
रुपन्देहीमा जनकबहादुर शाहीलाई पठाइएको छ। मकवानपुरमा श्याम खत्री, इलाममा कुलदीप चन्द, सिराहामा वासुदेव पाठक, रौतहटमा सीताराम रिजाल, नुवाकोटमा विपिन रेग्मीको सरुवा भएको छ। यसअघि धनुषामा काज भएका रुगम रेग्मी, बाराका नरेन्द्र कुँवर तथा धादिङका सुमित खड्काको त्यहीँ दरबन्दी भएको छ।
सरुवा सूचीः