एमालेमा टिकट वितरण : ईश्वर पोखरेल खेमालाई पूरै बेवास्ता

११औँ महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका पोखरेल समूहका गोकर्ण विष्टले मात्र पाए टिकट

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये शनिबार एकैपटक १४१ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । सात प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र गण्डकीका सबै क्षेत्रको टिकट तय भइसकेको र बाँकी क्षेत्रका टिकट अध्यक्षको परामर्शमा चाँडै टुंग्याइने उपमहासचिव लेखराज भट्टले बताए ।

ईश्वर पोखरेल खेमालाई पूरै बेवास्ता

टिकट वितरणमा ईश्वर पोखरेल खेमालाई पूरै बेवास्ता गरिएको छ । गत मंसिरको ११औँ महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका पोखरेल समूहका गोकर्ण विष्टले मात्र टिकट पाएका छन् ।

महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले टिकट पाएनन् भने उपमहासचिव योगेश भट्टराईको टिकट होल्ड गरिएको छ । सचिवका प्रतिस्पर्धी विनोद ढकाल, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटाले टिकट पाएनन् । गैरेको निर्वाचन क्षेत्र पाल्पा २ मा उपाध्यक्ष विष्णु पौडेलले टिकट पाएका छन् ।

त्यस्तै, पोखरेल समूहका नेताहरू गणेश पहाडी, झपट रावल, एलपी सावा, महेश बस्नेत (इलाम), जय राई, पुरुषोत्तम पौडेल, कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम, बालकृष्ण सुवेदीले पनि टिकट पाएनन् ।  

See More On

सुझावित समाचार