प्रतिनिधिसभा निर्वाचन : पर्साको चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन ०८२ का लागि पर्साका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ को तयारीको क्रममा  जिल्ला समन्वय कार्यालय पर्साको कार्यालयमा १ नम्बरको कार्यालय मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

त्यही परिसरमा भौतिक पूर्वाधार कार्यालयभित्रमा क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय स्थापना भएको निर्वाचन अधिकृतले जनाएका छन् । 

यस्तै, पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय पोखरीयाको विद्युत् कार्यालयपरिसरमा स्थापना भएको हो भने पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को धोबिनी गाउँपालिकाको लङडीको पुस्तकालयमा स्थापना भएको निर्वाचन अधिकृत नूतन झाले जानकारी दिइन् । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत हुने सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यहरू अब यही निर्वाचन कार्यालयमार्फत सञ्चालन हुने उनले बताइन् । 

मतदान केन्द्र निर्धारणदेखि मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारी परिचालन तथा निर्वाचनसम्बन्धी अन्य प्रशासनिक तथा कानुनी प्रक्रियाहरू यही कार्यालयको समन्वयमा अघि बढाइनेछ ।

निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्ने उद्देश्यले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत झाले बताइन् ।

उनले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरिन् । मुख्य तथा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएसँगै जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ को औपचारिक तयारीले गति लिएको छ ।
माघ ६ मा नेपालकै सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।

सुझावित समाचार