काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको राजीनामा

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

काठमाडाैं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। माघ ४ गतेदेखि लागू हुने गरी उनले पद छोड्ने निर्णय गरेका हुन्।

पाण्डेले माघ ३ गतेसम्म जिम्मेवारीमा रहने स्पष्ट पार्दै भने, ‘४ गतेबाट लागू हुने गरी राजीनामा दिएको हुँ, ३ गतेसम्म बहाल रहन्छु।’

स्रोतका अनुसार पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। सोही कारण उनले महानगर प्रहरी प्रमुखको जिम्मेवारी त्यागेको बताइएको छ।

सुझावित समाचार