सातमध्ये पाँच प्रदेश सभापति देउवातिर, गण्डकी र लुम्बिनी सभापति गगनतिर

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेस विभाजन हुँदा सातमध्ये पाँच प्रदेशका सभापति शेरबहादुर देउवातिर लागेका छन् । गण्डकी सभापति शुक्रराज शर्मा र लुम्बिनी सभापति अमरसिंह पुन भने गगन थापातिर खुलेका छन् ।

सभापतिहरू कोशीका उद्धव थापा, मधेशका कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर भने देउवा पक्षमा छन् । यीमध्ये यादव मधेश र बानियाँ बागमती प्रदेश सरकारका मुख्यमन्त्री छन् ।

लुम्बिनी सभापति पुनले पार्टीको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएको र पार्टी विभाजन नभएको तर्क गरे । ‘प्रक्रिया र कानुनअनुसार अधिवेशन भएको हो । हामी सबै ठाउँमा बलियो छौँ,’ उनले भने, ‘ पुरानो नेतृत्व, विचारलाई जनभावनाअनुसार अगाडि बढाएका छौँ । निवर्तमान सभापति (शेरबहादुर देउवा) र नेताहरू पनि फेरि एकै ठाउँमा आउनुहुन्छ ।’ 

सुझावित समाचार