गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

गरिमा विकास बैंक लिमिटेडले आफ्नो लोगो र छाप परिवर्तन गरेको छ । आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ माघ १ गतेखि लागू हुने गरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको जनाएको छ । 

दीर्घकालीन रणनीतिअन्तर्गत गत कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । सोहीअनुसार अन्य आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।  

सुझावित समाचार