जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुभारम्भ

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण

मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सुरु भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालबाट गोष्ठीको शुभारम्भ गरिएको हो।

आजको गोष्ठीमा प्रदेशका आठवटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट जिल्लागत सुरक्षा अवस्था र आसन्न निर्वाचनका लागि सुरक्षा रणनीति र अवस्थाबारे विस्तृत रूपमा छलफल हुनेछ।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी तथा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र संघीय मन्त्रालयअन्तर्गतको गृह मन्त्रालयका गृहसचिव राजकुमार श्रेष्ठ, सहासचिव आनन्द काफ्ले र अन्य कर्मचारीहरूको उपस्थिति रहेको छ।

 

सुझावित समाचार