कांग्रेसमा जुटेन सहमति, विभाजनको जोखिम

बुधबार, २९ पुष, २०८२
डिजिटल संस्करण

मंगलबार पटकपटक वार्ता भए पनि नेपाली कांग्रेसमा सहमति नभएपछि विभाजनको जोखिम बढेको छ। मंगलबार तीन चरणमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबिच छलफल भएको थियो। राति भएको छलफलमा पनि कुनै सहमति नभएको एक नेताले बताए। 

बैठकमा संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व लिन तयार रहेको बताएका थिए। तर, विशेष महाधिवेशन पक्षले देउवाले राजीनामा दिनुपर्ने र निर्वाचन आयोगमा उनको हस्ताक्षर नचल्ने गरी निर्णय हुनुपर्नेलगायत माग राखेपछि वार्ता विनानिष्कर्ष टुंगिएको हो। 

यता विशेष महाधिवेशनमा बुधबारदेखि नयाँ नेतृत्वका लागि मतदान तोकिएको छ। मतदानअघि सहमति नभएमा विभाजनको जोखिम बढेको छ। 
 

सुझावित समाचार