नेपाली कांग्रेसका नेता नैनसिंह महरले विशेष महाधिवेशन पक्षधरसँग सहमतिनजिक पुगेको बताएका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले सहमतिका केही बुँदामा परिमार्जन गरेर पार्टी एक ढिक्का हुने बताए।
‘परिस्थिति हिजोको भन्दा धेरै फरक छैन। एकदम डिलडिलमा पुगेकोजस्तो महसुस भएको छ। अन्तिमपटक प्रयास हुँदै छ। धेरै डिलमा पुगेको छ, फर्काउन प्रयत्न भएको छ। एक–दुईवटा बुँदामा परिमार्जन गरेर स्थिति नियन्त्रण हुन्छ र पार्टी एक ढिक्का भएर जान्छ,’ उनले भने।