एलजीद्वारा विश्वकप योजनाको दोस्रो चरणका विजेता घोषणा

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

एलजी नेपालले आइसिसी टी–२० विश्वकप यात्राको दोस्रो चरणका विजेता घोषणा गरेको छ । कम्पनीले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुन लागिरहेको विश्वकप क्रिकेटलक्षित योजनाका विजेता घोषणा गरेको हो । विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चकलाई एकसाथ जोड्न कम्पनीले २९ मंसिरदेखि यो अभियान सुरु गरेको थियो । 

दोस्रो चरणमा कम्पनीले देशभरबाट चारजना भाग्यशाली विजेता छनोट गरेको छ । विजेता बन्नेमा काठमाडौं, चाबहिलका धीरज बस्नेत, विराटनगरका प्रमिला तिम्सिना, वालिङका माधव न्यौपाने र प्युठानका ग्यामुराम न्यौपाने रहेका छन् ।

कम्पनीका अनुसार विजेताले वानखेडे स्टेडियम मुम्बईमा हुने नेपालको कुनै एउटा खेल प्रत्यक्ष हेर्न पाउनेछन्, जसमा चार रात पाँच दिनको प्याकेज रहेको छ । यसको सबै खर्च कम्पनीले व्यहोर्ने जनाएको छ । साथै, कम्पनीले अझै पनि एलजीका सामान खरिद गरी विजेता बन्न सकिने जनाएको छ । 

सुझावित समाचार