अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति उल्लेख गरिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नै टु«थ सोसलमा उक्त तस्बिर पोस्ट गरेका हुन् । ट्रम्पले सोमबार विकिपिडियाको स्क्रिनसटजस्तो देखिने तस्बिर पोस्ट गरेका हुन् । उक्त पोस्टमा अमेरिकी नेताको आधिकारिक तस्बिर र त्यसपछि पदको विवरण लेखिएको छ ।
तस्बिरमुनि अमेरिकाको ४५औँ र ४७औँ बहालवाला राष्ट्रपति लेखिएको छ । अमेरिकी राष्ट्रपतिमा २० जनवरी र भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको रूपमा २०२६ जनवरी उल्लेख छ । कुनै क्याप्सनविना पोस्ट गरिएको उक्त तस्बिरलाई धेरैले सेयरसमेत गरेका छन् । उक्त पोस्ट भेनेजुएलामा हालैका घटनाक्रमपछि ट्रम्पलाई उक्त भूमिकामा प्रस्तुत गर्न तस्बिरलाई डिजिटल रूपमा परिवर्तित गरिएको हुन सक्ने केही सञ्चार माध्यमले उल्लेख गरेका छन् । भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछि बढेको तनावबिच यो तस्बिर सार्वजनिक भएको हो ।
अमेरिकाले जनवरी ३ मा भेनेजुएलाविरुद्ध ठुलो मात्रामा हमला गर्यो र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई जबर्जस्ती नियन्त्रणमा लिएको थियो । त्यसपछि, ट्रम्पले एक पत्रकार सम्मेलनमा अमेरिकाले भेनेजुएलामाथि शासन गर्ने दाबी गरेका छन् । मदुरोलाई लागुऔषध कारोबार र आतंवादसम्बन्धी मुद्दामा हाल न्युयोर्कको एक कारागारमा राखिएको छ ।