प्रेरक प्रसंग : नेहरूको चर्चिललाई जवाफ

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू सन् १९५० मा लन्डन भ्रमणमा थिए । त्यहाँको एउटा समारोहमा उनको भेट ब्रिटेनका पूर्वप्रधानमन्त्री सर विन्स्टन चर्चिलसँग भयो । चर्चिल नेहरूका कटु आलोचक थिए । असहमतिका बाबजुद भेटमा दुवै नेताले खुलेर कुरा गरे । बहसकै क्रममा चर्चिलले नेहरूसित सोधे, ‘महामहिम, तपाईं त भारतमा अंग्रेजको शासनकालमा जेल पनि बस्नुभयो हगि ? साँच्ची तपाईंले अंग्रेजहरूको जेलमा कति वर्ष बिताउनुभयो ? तपाईंलाई भन्न अप्ठ्यारो हुँदैन भने यसबारे केही बताउनुस् न ।’

चर्चिलको प्रश्न सुनेपछि नेहरूले सहज ढंगमा जवाफ दिए, ‘हो, जेल त लामै समय बसियो नि ! लगभग १० वर्ष बसियो ।’ नेहरूको जवाफ सुनेपछि चर्चिलले अलि व्यंग्यभावमा भने, ‘हामीले तपाईंमाथि त्यस्तो व्यवहार गरेको सम्झेर अहिले तपाईंलाई हामीमाथि घृणा लागिरहेको होला हगि ।’

उनको त्यस्तो प्रश्न सुनेर नेहरूले सहज ढंगमा जवाफ दिए, ‘त्यस्तो होइन । हामीले एउटा यस्ता नेता (महात्मा गान्धी)को मार्गनिर्देशनमा काम ग¥यौँ, जसले हामीलाई दुइटा कुरा सिकाएका छन्, पहिलो, कसैसँग नडराउनू र दोस्रो, कसैलाई घृणा नगर्नू । त्यसैले, हामी त्यतिवेला तपाईंहरूसँग डराउँदैनथ्यौँ र अहिले विगत सम्झेर तपाईंहरूलाई घृणा पनि गर्दैनौँ ।’

सुझावित समाचार