धनकुटामा व्यक्तिगत हातहतियार सात दिनभित्र प्रहरीमा बुझाउन प्रशासनको आग्रह

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय धनकुटाले व्यक्तिगत रूपमा राखिएका सबै हातहतियार सात दिनभित्र प्रहरीलाई बुझाउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ कि आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित, विश्वसनीय र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको पुस २३ गतेको निर्णयअनुसार व्यक्तिगत रूपमा राखिएको हातहतियार प्रहरीमा बुझाउनुपर्ने निर्णय भएको हो।

सूचनामा भनिएको छ, ‘धनकुटा जिल्लाभरमा रहेका इजाजत प्राप्त भएका तथा इजाजत नभएका सम्पूर्ण हातहतियारहरू सात दिनभित्र जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि सूचना प्रकाशन गरिएको छ।’

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीद्वारा हस्ताक्षरित सूचनामा सबै हातहतियारधनीलाई समयमा प्रहरीसँग हातहतियार बुझाउन आग्रह गरिएको छ।

सुझावित समाचार