सेकाहा र दमक तीनपोखरी फुटबल कपको सेमिफाइनलमा

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित रहेको खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा सेकाहा क्लब र चुलाचुली क्लब दमक सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको पहिलो खेलमा खाँदबारी युथ क्लब र चुलाचुली स्पोटिङ क्लब दमक झापाबिच भएको थियो। चुलाचुलीले १–० को अन्तरमा खाँदबारी युथ क्लबलाई हराए।

त्यसैगरी, दोस्रो खेल सेकाहा क्लब र बेलका युथ क्लब उदयपुरबिच भएको थियो। सेकाहा क्लबले ३–० को फराकिलो अन्तरमा बेलका क्लबलाई हरायो।

सोमबार सेकाहा क्लब र शीतलपाटी क्लब तथा मकालु फ्रेन्डस र चुलाचुली स्पोर्टिङ क्लब दमक झापाबिच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगिताको विजेताले नगद २ लाख ५१ हजार र उपविजेताले नगद १ लाख २१ हजार प्राप्त गर्नेछ। प्रत्येक खेलाडीको १ लाखबराबरको जीवन बिमासमेत गरिएको क्लबका अध्यक्ष मिनेश चापागाईंले जानकारी दिए।
 

सुझावित समाचार