२२ हजार मूल्यका म्याद सकिएका खाद्य सामग्री नष्ट

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

धनकुटाको महालक्ष्मी नगरपालिका– ५, लेगुवा बजारका खाद्य किराना पसलमा घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन गरेको छ । त्यसक्रममा म्याद गुज्रिएका २२ हजार आठ सय ९० रुपैयाँ मूल्यबराबरका खाद्य सामग्री नष्ट गरिएको कार्यालयले जनाएको छ ।

म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसलहरूलाई आगामी दिनमा पुन: गल्ती नदोहोर्याउन निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र स्थानीय जनप्रतिनिधिको सहभागितामा अनुगमन गरिएको थियो ।

सुझावित समाचार