कागेश्वरी मनोहरामा भएको दुर्घटनामा युवतीको मृत्यु

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६, तिवारीमा भएको दुर्घटनामा युवतीको मृत्यु भएको छ । 

प्रदेश ३–०२ ०१३ प ९५४ नम्बरको स्कुटरलाई बा.५ ख २५६२ नम्बरको बसले शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरचालक सोही नगरपालिका– ४ बस्ने २३ वर्षीया आयुषा सिंखडाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

सुझावित समाचार