लेगुवाबजारमा छड्के अनुगमन, म्याद गुज्रिएका अखाद्य वस्तु नष्ट

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

धनकुटाको महालक्ष्मी नगरपालिका– ५, लेगुवाबजारमा छड्के अनुगमन गरिएको छ। लेगुवाबजारका एक दर्जन किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका अखाद्य वस्तुहरू नष्ट गरिएको हो।

बजार अनुगमनको क्रममा किराना तथा खुद्रा पसलहरूबाट २२ हजार ८९० रुपैयाँबराबरको म्याद गुज्रिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ। म्याद गुज्रिएका खाद्यान्न तथा पेय पदार्थ नष्ट गर्नुको साथै मूल्यसूची नटाँसिएका, बिल नराखिएका र पानमा दर्ता नभएका पसलहरूलाई प्रक्रिया पूरा गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका कर्मचारी दिवस खड्काले बताए।

अनुगमनको क्रममा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसलहरुलाई आगामी दिनमा पुनः यस्ता प्रकारका गल्ती नदोहोर्याउन अनुगमन टोलीले निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा बजार अनुगमन गरिएको हो।

सुझावित समाचार