धनकुटाको साँगुरीगढी गाउँपालिका– ७, छिनाम चोकमा पुरुष तथा महिला खुला भलिबल प्रतियोगिता हुने भएको छ। माघेसंक्रान्तिको अवसर पारेर जलदेवी नवछिनाम चोक युवा क्लबले छैटौँ खुला भलिबल प्रतियोगिता गर्न लागेको हो।
छिन्ताङदेवी ढाङढुङे मन्दिरको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माघ १ गतेदेखि ३ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जलदेवी नवछिनाम चोक युवा क्लबका अध्यक्ष दिनेश राईले बताए।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। महिलातर्फको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ।
सो अवसरमा सांस्कृतिक कार्यक्रमसहितका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने क्लबका अध्यक्ष राईले बताए।