राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनकेन्द्रित विषयहरूमा छलफल हुने जनाइएको छ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने विषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ ।