वीरगन्जमा आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि कर्फ्यु आदेश जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्ज महानगरपालिकाको संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।

महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको हो।

गत शनिबार धनुषाको धनुषाकमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। त्यसैको विरोधमा आइतबारदेखि वीरगन्जमा मुस्लिम समुदायले घण्टाघर, मुर्ली, छपकैयाको इद्यगहा चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गर्दै आएका छन्। 

सुझावित समाचार