भक्तपुरमा गोलीबाट एकजनाको मृत्यु, स्वचालित हतियार बरामद

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

भक्तपुरमा गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका– ६ स्थित राईटोलमा रहेको एक घरमा पुरुष व्यक्तिको मृत्यु भएको हो।

घटनास्थलबाट एक स्वचालित हतियार बरामद भएको छ । प्रारम्भिक अनुसन्धानमा मृतक व्यक्तिले नै गोली हानेर आत्महत्या गरेजस्तो देखिएको र विस्तृत छानबिन थालिएको प्रहरीले जनाएको छ।  

मृतक ४० वर्षिय सनिप चाम्लिङ राई भएको प्रहरीले जनाएको छ। उनको टाउकोमा गोली लागेको छ । कोठाभित्र गोली चलेपछि परिवारका सदस्य गएर हेर्दा रक्तात्य अवस्थामा भेटाएका थिए। भिनाजु ब्रिटिश सेनामा भएकाले सो हतियार भिनाजुको भएको परिवारले प्रहरीलाई जानकारी दिएको छ। घटना र हतियारको विषयमा विस्तृत अनुसन्धान गरिने भक्तपुरका एसपी सूर्यबहादुर खडकाले जानकारी दिए। 

सुझावित समाचार