सुन लुट्न तीनजनाको हत्या, चार आरोपी पक्राउ

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण
सुन लुट्न तीनजनाको हत्या, चार आरोपी पक्राउ

आरोपीहरूबाट बरामद सामान

सुनलगायत धनमाल लुट्नका लागि ओखलढुंगामा एक समूहले तीनजनाको हत्या गरेको छ। हत्यामा संलग्न चारजना पक्राउ परेका छन्। 

गत १५ पुसमा ओखलढुंगाको चिशंखुगढी नगरपालिका–६, भदौरे गौरीगाउँनिवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी ६० वर्षीया श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो। कोदालोलगायत हतियारले प्रहार गरी उनीहरूको हत्या गरेर आठ तोला सुन र करिब एक लाख नगद लुटपाट भएको थियो। सो हत्यामा संलग्न ओखलढुंगाकै चिसाङ गाउँपालिका–३ का २८ वर्षीय मिलन भन्ने संगम राई, चिसाङ–४ का ३० वर्षिय बिनोद राई, सोही ठाउँका ३० वर्षीय प्रकाश भुजेल, चिसाङ– ८ का ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)सहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूले पसल सञ्चालन गर्ने मगरदम्पतीको हत्यापछि शव स्याउलाले छोपेर भागेका थिए। 

अनुसन्धानको क्रममा उनीहरूले गत २६ असोजमा सिद्धिचरण नगरपालिका–४ मा ५२ वर्षीय रत्नकुमारी कटवाल(कार्की)को पनि हत्या गरेको खुलेको छ। ती महिनाको गहना लुटेका थिए। हत्यामा प्रयोग गरिएको कोदालो, लुटिएको सुन र बरामद बन्दुकसहित उनीहरूलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

सुझावित समाचार