कृष्णभूषण बल प्रतिष्ठानबाट पुस्तकालयसहित चारजना पुरस्कृत

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

वरिष्ठ कवि कृष्णभूषण बल प्रतिष्ठानले एक पुस्तकालयसहित तीनजना साहित्यकारहरूलाई सम्मान गरेको छ । नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि  योगदान पुर्याएको भन्दै कृषणभूषण बल प्रतिष्ठानले कविता, कथा, समालोचना विधामा कलम चलाउने एक भारतीयसहित तीनजना साहित्यकार र एक पुस्तकालयलाई नगदसहित सम्मान गरेको हो । 

विराटनगरमा साहित्यकार बल प्रतिष्ठानले शनिबार आयोजना गरेको औचापरिक कार्यक्रममा भारतको कालेबुङमा रहेर विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्यलेखनमा सक्रिय डा. राजेन्द्र भण्डारीलाई २५ हजार राशिसहित प्रतिष्ठानले सम्मान गरेको थियो ।

यसैगरी,  तीन दशकभन्दा लामो समयदेखि साहित्य कविता र कथालेखनमा सक्रिय ज्योति जंगललाई १५ हजार र दुई दशकभन्दा लामो समयदेखि कवितालेखनमा सक्रिय युवाकवि रमेशचन्द्र अधिकारी ११ हजारसहित  सम्मान गरिएको थियो ।    

प्रतिष्ठान कवि विमल गुरुङ स्मृति पुस्तकालयलाई ‘कृष्णभूषण बल स्मृति सेवा सम्मान’ प्रदान गरिएको थियो ।   
  

सुझावित समाचार