नयाँ बानेश्वरस्थित लिभरपुल एजुकेसन नेटवर्कको प्रिन्सिपलमा कृष्ण पन्थी नियुक्त भएका छन्। विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा रहेका नेटवर्कका संस्थापक तथा सञ्चालक समिति सदस्य पन्थी प्रिन्सिपल नियुक्त भएका हुन्।
लिभरपुल एजुकेसन नेटवर्कले लिभरपुल कलेज, लिभरपुल सेकेन्डरी स्कुल र मिल्टन इन्टरनेसनल कलेज आफ्नै भवनमा सञ्चालन गरिरहेको छ। पन्थीको नेतृत्वमा नेटवर्कले अझ धेरै उचाइ चुम्ने अपेक्षा गरिएको नेटवर्कका सञ्चालक नवीन चौहानले बताए।