नेपालयबाट आउँदै नयाँ पुस्ताका ७५ लेखक

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

पब्लिकेसन नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन गर्दै छ। २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकार नेपालयबाट छापिन लागेका हुन्।

नेपालयले सन् २०२५ को पहिलो दिन जनवरी १ मा लेख–रचनाका लागि खुला आह्वान गरेको थियो। ‘२०२५ मा २५ का २५’ शीर्षक दिइएको खुला आह्वानमा सोचेभन्दा धेरै लेखरचना प्राप्त भएको नेपालयले जनाएको छ। 

‘हामीले तीन विधा कथा, कविता र निबन्धमा रचना आह्वान गरेका थियौँ,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘सन् २००० जनवरी १ यता जन्मेका ६ सयभन्दा बढी लेखक संसारभरिबाट सहभागी हुनुभयो।’ तीन विधाका रचना छनाेटका लागि नेपालयले तीन सदस्यीय छनाेट समिति बनाएको थियो। कवि श्रवण मुकारुङ, आख्यानकार नारायण वाग्ले र लेखक भूषिता वशिष्ठले ७५ रचना चयन गरेका हुन्।

कथा विधामा अजय कार्की, अनिता धिताल, अमित भट्टराई, आर्य अधिकारी, ईशान ढकाल, उमेश कार्की, कृतिशा अमात्य, तेजकुमार राई, दानबहादुर बुढा, दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, नुमा थाम्सुहाङ, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मुधुसुदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइँटेल छानिएका छन्।

यसैगरी, कविता विधामा अनिता तिवारी, अनुपा गैरे, आर्या निरौला, उत्सव आचार्य, उषा लिम्बू, कम्मान रावल, गायत्री नेपाल, गौरव न्यौपाने, जोनसन श्रेष्ठ, डोल्मा लामा, तीर्थराज विश्वकर्मा, दुर्गा खतिवडा, नवीन नेपाली, नारन न्यौपाने, प्रज्वल विक, प्रदीप योङहाङ, प्रिशा शशी लेखक, युक्ता सुनुवार, रसिला धमला, श्रव्य आरिया, समृद्ध हमाल, सुजता बस्याल, सुदर्शनप्रकाश खड्का, सुरंगा सेढाईं र स्पन्दन झा छानिएका छन्।

निबन्ध विधामा अनुकृत लामिछाने, अनुष्का लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कवीन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञासा सोनम, धीरजप्रताप मल्ल ठकुरी, परिमलप्रकाश नेपाल, भूमिका थारू, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन सङ्ग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बास्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्ष छानिएका छन्।

भाषाले अभिव्यक्तिमा बारबन्देज नलगाओस् भनेर जुनसुकै भाषामा रचना पठाउन सकिने खुला नीति नेपालयले लिएको थियो। जसअनुसार पुस्तकमा लेखकले लेखेकै भाषामा रचना छापिनेछ। छानिएका रचना समेटेर पब्लिकेसन नेपालयले विधागत रूपमा तीन पुस्तक प्रकाशन गर्ने जनाएको छ।

सुझावित समाचार