एनआइसीका ग्राहकलाई आइएमई हस्पिटालिटीमा १० प्रतिशत छुट

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

एनआइसी एसिया बैंक लिमिटेड र आइएमई हस्पिटालिटी प्रालिबिच छुटसम्बन्धी सम्झौता भएको छ । समझदारीपत्रमा बैंकका डिजिटल एन्ड ट्रान्जेक्सन बैंकिङ प्रमुख विमल लम्साल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरे । 

यसअनुसार बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्तालाई आइएमई हस्पिटालिटीअन्तर्गतका विभिन्न होटेल, रेस्टुरेन्ट तथा केबलकार सेवामा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने बताइएको छ ।

यो छुट होटेलले हिमालय (लाजिम्पाट), इला होटेल्स एन्ड रिसोर्टस् (मौलाकाली), इला कम्फर्ट (बागलुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एन्ड फेंग रेस्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा उपलब्ध रहने बैंकले जनाएको छ ।

यो सुविधा उपयोग गर्न ग्राहकले एनआइसीको डेबिट, क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । उक्त होटेलसँगको यस सहकार्यले ग्राहक महानुभावलाई छुट उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

See More On

सुझावित समाचार