इतिहासमा आज

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

सन् २००६ : इराकका अपदस्थ राष्ट्रपति तथा पूर्वतानाशाह सद्दाम हुसेनलाई फाँसी दिइयो । मानवताविरुद्धको अपराध गरेको अभियोगमा उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । सन् १९६८ मा कुमार्फत शक्तिमा पुगेका हुसेन इराकका पाँचौँ राष्ट्रपति हुन् ।

सन् १८६५ : आजकै दिन अर्थात् ३० डिसेम्बर १८६५ मा प्रसिद्ध लेखक रुडयार्ड क्लिपिङको जन्म भएको थियो । भारतको मुम्बईमा जन्मिएका उनको मृत्यु ७० वर्षको उमेरमा सन् १९३६ मा १८ जनवरीमा बेलायतमा भएको थियो ।

सन् १९२२ : युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक स्थापना भयो । १५ गणराज्यलाई समेटेर स्थापना गरिएको सोभियत युनियनको राजधानी हालकै मस्को कायम गरिएको थियो । सन् १९९१ मा सोभयित युनियनको विघटन नहुन्जेल यो विश्वकै ठुलो देश बनेको थियो ।

सन् १९४७ : रोमानियाका अन्तिम राजा मिसेल प्रथम पदच्युत भए । रोमानियाको कम्युनिस्ट पार्टीले उनलाई पदच्युत गरेको थियो । ६ वर्षको उमेरमा सन् १९२७ मा मिसेल रोमानियाको राजगद्दीमा बसेका थिए । सन् १९३० मा पनि पदच्युत गरिएका उनलाई सन् १९४० मा पुनस्र्थापित गरिएको थियो ।

सन् १९९५ : उत्तरी स्कटल्यान्डको अल्टनाहराको तापक्रम माइनस २७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि पूर्वी स्कटल्यान्डमा सन् १९८२ को १० जनवरीमा न्यून विन्दुमा झरेको थियो ।

सुझावित समाचार